Incident Reports

विराटनगरको म्याक्स अस्पतालमा आक्रमण गरेको आरोपमा २ जना पक्राउ

2020-07-01

Province 1, Morang, Biratnagar

विराटनगर, १७ असार । विराटनगर महेन्द्र चौकमा रहेको म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन ।

बुधबार बिहान करिब ५ बजे वियरकाे बाेतलमा पेट्राेल हालेर आक्रमण गरेकाे आराेपमा २ जना पक्राउ परेका हुन् ।

 घटनामा संलग्न भएकाे आराेपमा विराटनरगर जनपथ टाेलका मेलिस लामा र सन्तबहादुर तामाङलाइ पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रहरी उपरिक्षक सन्ताेष खड्काले जानकारी दिए । 

अस्पताल प्रशासनले बुधबार विहान पेट्राेल बम प्रहार भएकाे बताउँदै आएकाे छ । तर प्रहरीले भने पेट्राेल बम प्रहार नभएकाे बताएकाे छ । मदिरा सेवन गरेकाे समुहले वियरकाे बाेतल अस्पतालमा प्रहार गरेकाे प्रहरी उपरिक्षक खड्काले बताए । 

अस्पताल प्रशासनका अनुसार बिहान विष्फाेट भएकाे जस्ताे ठूलाे आवाज आएकाे थियाे । घटनामा कुनै मानवीय र भौतिक क्षति भएकाे छैन ।

बाेतल प्रहार गर्नु अघि २ जनाले अस्पतालमा कार्यरत सुरक्षा गार्ड पेसल बस्नेतमाथि कुटपिट गरेका थिए ।

म्याक्स अस्पतालका प्रबन्ध निर्देशक हेमनारायण मेहताले अस्पताल पछाडि रहेको बाटो छेवैको गेटबाट विष्फाेटक पदार्थ प्रहार भएको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Secondary Form Assault (small group)
Weapons Other
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Female Injured 00
Female Abducted 00
National/Online Media

0 Comments

Related Reports