Incident Reports

बहिनी जिस्काएको निहुँमा खुकुरी प्रहार, दुई युवक घाइते

2020-06-30

Gandaki, Tanahun, Anbukhaireni, Ward 1

तनहुँ, १७ असार । तनहुँमा बहिनी जिस्काएको निहुँमा दाजुले खुकुरी प्रहार गर्दा दुई युवक घाइते भएका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा मंगलबार आफ्नी बहिनी जिस्काएको निहुँमा स्थानीय सुमन श्रेष्ठले खुकुरी प्रहार गरेका हुन् ।

हिजो साँझ ७ बजेको समयमा उनले गरेको खुकुरी प्रहारबाट स्थानीय १९ वर्षीय सुदीप मगर र १५ वर्षीय दिप्सन मगर घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । 

खुकुरी प्रहारबाट घाइते भएका मध्ये दिप्सन मगरलाई चितवन मेडिकल कलेजमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

घाइते सुदीप मगरको टाउमा चोट लागेको र अवस्था अलि जटिल भएकाले उपचार भइरहेको प्रहरी निरीक्षक विकाश थापाले जानकारी दिए ।

खुकुरी प्रहार गर्ने सुमन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । यता केटा पक्षले भने केटा केटीले एक अर्कालाई माया गर्ने र प्रेम सम्बन्धमा रहेको बताएका छन् ।

मंगलवार साँझ केटा र केटी कुरा गरिरहेको बेला केटीको दाइ र बुबा आएर उक्त दुई जना युवकलाई खुकुरी प्रहार गरेको केटा पक्षका एक युवाले बताए ।

उनले भने ‘केटालाई सम्झाएर पठाएको भए यो अवस्था आउने नै थिएन ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 2
National/Online Media

0 Comments

Related Reports