Incident Reports

दाइजो नदिएको भन्दै हत्या गरेको आरोपमा पति र ससुराविरुद्ध उजुरी

2020-06-27

Madhes, Mahottari, Samsi, Ward 7

सम्सी गाउँपालिका-७ की २२ वर्षीया सुनिला यादवलाई दाइजो नदिएको निहुँमा कुटपिट गरी हत्या गरेको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा असार १६ गते उजुरी दिएको छ ।

विवाहमा भैँसी र राम्रो सुट पाइन्ट नदिएको भन्दै असार १३ गते राति सुनिलाका ३१ वर्षीय पति सञ्जिव यादव र ६० वर्षीय ससुरा महेश राय यादवको मिलोमतोमा कुटपिट गर्दा मृत्यु भएको माइती पक्षको आरोप छ ।

२०७१ सालमा बर्दिबास नपा–१० बाट विवाह गरी सम्सी गाउँपालिका पुगेकी सुनिलालाई दाइजोको निहुँमा बेला बेलामा घर परिवारले यातना दिने गरेको स्थानियबासीहरूको भनाइ छ ।

मृत भेटिएकी सुनिलाको कपडा च्यातिएको, शरीरभरी निलडाम रहेको, बायाँतर्फको आँखामा गम्भीर चोट लागेको, घटनास्थल वरपर लाठ्ठीहरू भाँच्चिएको फेला परेको स्थानीयले बताएका छन् ।

बुवाले आमालाई मुक्का–लात्तीले प्रहार गरेको र आमाले हारगुहार गरेर चिच्याउँदा पनि कुटपिट गर्न नछाडेको मृतक सुनिलाका पाँच वर्षीय छोराले बताउनु भएको छ ।

सुनिलाका दाजु बिष्णु यदवले भन्नु भयो–‘सुनिलाले आफ्नै खुट्टामा उभिने र कसैको भर नपर्ने भन्दै केहि दिनअघि फोन गरेकी थिइन् ।

अब म धेरै पीडा खप्न सक्दिन, आफ्नै खुट्टामा उभिने प्रयास गर्ने छु ।’ पति संजिवले राम्रो सुट पाइन्ट नदिएको भन्दै दुःखदिने गरेको सुनिलाले अफूलाई बताउनु भएको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश भट्टराइले शव पोष्टमार्टमका लागि असार १४ गते जलेश्वर अस्पताल पठाएको र आवश्यक अनुसन्धान भइरहेको बताउनु भयो । पोष्टमार्टमको रिपोर्ट आए पछि थप कुरा बुझ्न सजिलो हुने उहाँले जानकारी दिनु भयो ।

अजय कुमार साह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Abducted 00
INSEC

0 Comments