Incident Reports

बलात्कारको घटना एक लाख रुपैयाँमा मिलापत्र l

2014-03-21

Province 1, Khotang, Kepilasagadhi

DM Chamling एक ४० वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपितलाई अनुसन्धान नगरी राजनीतिक दबाबमा रकम लेनदेन गरेर मिलापत्र भएको छ । एक लाख रुपैयाँ २० दिनभित्र पीडितलाई दिने र जग्गा दिने शर्तमा चैत ६ गते मिलापत्र भएपछि बलात्कारको आरोपमा गिरफ्तार सप्तेश्वर गाविस-८ का १८ वर्षीय सन्देश राईलाई सोही दिन प्रहरीले अनुसन्धाननै नगरी रिहा गरेको छ । आरोपितले फागुन २५ गते राती पीडित महिलाकै घरमा बलात्कार गरेको आरोपमा पीडितले बाक्सिला गाविसस्थित इलाका प्रहरी कार्यालयमा आरोपित विरुद्ध फागुन २६ गते उजुरी दिएकी थिइन् । उजुरीको आधारमा प्रहरीले आरोपितलाई फागुन २९ गते गिरफ्तार गरी सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान पुरा नगरी रिहा गरेको हो । पीडित महिला जिल्ला प्रहरी कार्यालयमा उपस्थित नभएपछि आरोपित विरुद्ध कारबाही प्रक्रिया अघि नबढाई आरोपितलाई छाडेको जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्सपेक्टर रमेशकुमार देवले बताए । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कुमार आचार्यले आरोपित थर्पुडाँडा माध्यमिक विद्यालय सप्तेश्वरका शिक्षक नरेश राईको छोरा भएकाले पीडितपक्षसँग बसेर छलफल गराई मिलापत्र गराएको बताए । पीडितलाई एक लाख रुपैयाँ भने सोही स्थानका खगेन्द्र राईले दिने शर्तमा मिलापत्र भएको खुलासा भएको छ । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis