Incident Reports

बलात्कार पीडितको उपचारमा इन्सेकको सहयोग

2020-06-28

Lumbini, Banke, Nepalgunj

बलात्कार पीडित नौ वर्षीया  बालिकाको उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जले असार १८ गते  आर्थिक सहयोग प्रदान गरेको छ ।

इन्सेक नेपालगञ्जकी कार्यक्रम अधिकृत सरस्वती मल्लले भेरी अस्पतालसँगको समन्वयमा पीडितको उपचार व्यवस्था मिलाउनुको साथै  १० हजार रुपियाँ पीडितका बुवालाई हस्तान्तरण गर्नु भएको हो ।

नातेदारबाट असार १४ गते बलात्कृत बालिकाको उपचारमा समस्या भएको भन्दै पीडितका बुवाले आवस्यक सहयोगका लागि इन्सेक नेपालगञ्जमा असार १७ गते निवेदन दिनु भएको थियो ।

घटनाका बारेमा पीडितपक्षले असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पश्चात  प्रहरीले आरोपितलाई असार १७ गते गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असार १५ गते भेरी अस्पतालमा गरिएको थियो । पीडितको  असार १५ गतेदेखि भेरी अस्पतालमा उपचार भइरहेको छ ।

अधिकृत मल्लले बालिकालाई उपचार गराउन र अस्पतालमा बस्दा खानाको समस्या भएकोले  सहयोग गरेको बताउनु भयो ।  पीडितका बुवाले  सहयोग रकमले पीडितको उपचारमा सहयोग पुग्ने बताउनु भयो ।

स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments