Incident Reports

प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा प्रदर्शन

2020-07-03

Bagmati, Bhaktapur, Bhaktapur

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा स्थानीय सूर्यविनायकमा आज जनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो ।  सामाजिक सञ्जालबाट आह्वान गरिएको प्रदर्शनमा भेला भएका सयौँ नागरिकले अहिलेको समय प्रधानमन्त्री फेर्ने समय नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न चेतावनी दिएका थिए । 

नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै प्रधानमन्त्री ओलीका समर्थनमा स्वतस्फूर्तरुपमा सडकमा आएका नागरिकले जनताको अभिमतको मान्न आग्रह गरे ।  प्रधानमन्त्री ओलीको राजीनामा माग्न छाडेर कोरोनाविरुद्धको लडाइँमा सबै ऐक्यबद्ध हुनुपर्ने धारणा वक्ताले राखेका थिए । 

सूर्यविनायकमा शुरु भएको ¥याली तथा प्रदर्शनमा विदेशी हस्तक्षेप बन्द गर, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, नागरिकता विधेयक पारित गर, राजनीतिक स्थिरता कायम गर जस्ता नारा लगाइएको थियो ।   


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments