Incident Reports

महिला बेचबिखनका अभियुक्तलाई ३० वर्षकैद l

2014-03-21

Bagmati, Nuwakot, Tadi

Keshab Mishra एक महिला र उनकी दुई नाबालिका छोरीलाई भारतमा लगेर बेचविखन गरेको आरोपमा तीन जनालाई जिल्ला अदालतको आदेशले जनही ३० वर्षको कैद फैसला सुनाएको छ । महिला बेचबिखनका आरोपित उर्लेनी गाविस-९ का २५ वर्षीया मनोज परियार, शिखरवेशी गाविस-३ का कान्छा भनिने २५ वर्षीय रवि नेपाली र सोही गाविस-७ बस्ने २४ वर्षीय बसन्त परियारलाई जिल्ला अदालतका न्यायाधीश किरणप्रसाद शिवाकोटीको चैत ६ गतेको एकल इजलासले जनही ३०/३० वर्षकैद, जनही २ लाख ५० हजार रूपियाँ जरीवाना र पीडितहरूलाई जनही १ लाख २५ हजार रूपियाँ क्षतिपूर्ती भराउने फैसला समेत गरेको जिल्ला अदालत नुवाकोटका श्रेस्तेदार केशव पराजुलीले बताए । नर्जा मण्डप गाविस-७ की २७ वर्षीय भवानी नेपाली र उनकी नाबालिका दुई छोरीलाई ०६८ चैत १२ गते भारतको कलकक्तामा बेचेको आरोपमा मनोज परियार, रवि नेपाली र बसन्त परियारलाई ०६९ असोज २१ गते प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएको उनीहरूलाई जिल्ला अदालत नुवाकोटको ०६९ कात्तिक ११ गतेको आदेश अनुसार पुर्पक्षका लागि जिल्ला कारागार पठाइएको थियो । केशव मिश्र

0 Comments