Incident Reports

भैसी चराउन गएकी बालिका मृत अवस्थामा, करणीपछि हत्या गरेको आशंका

2020-07-03

Madhes, Dhanusha, Janakpur, Ward 21

जनकपुर , १९ असार । धनुषामा दुई दिनदेखि बेपत्ता एक १० वर्षीया बालिका मृतावस्थामा फेला परेकी छिन् । जनकपुर उपमहानगरपालिका २१ स्थित कुर्थामा रहेको दूधमती नदीको किनारामा १० वर्षीया बालिका कन्चनकुमारी पजियारको शुक्रबार बिहान खेत छेउकै दूधमती नदीमा मृतावस्थामा फेला परेकी हुन् ।

स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । परिवारले बालिका बेपत्ता भएसँगै खोजतलासी गरेको थियो तर कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए ।


प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । यता घटनामा संलग्न हुन सक्ने आशंकामा गाउँकै शमसानमा बस्ने एक अघोरीलाई गाउँलेले नियन्त्रणमा लिई धनुषा प्रहरीलाई जिम्मा लगाएका छन् ।

मृतक बालिकाको बुबा बिनोद पजियार पांँच परिवारसंगै कुर्थामा दैनिक मजदूरी गरेर जीवन निर्वाह गर्दै थिए । बालबालिकालाई पालन पोषण गर्न बिनोद गाउँको हाट बजारमा तरकारी बेच्ने गर्छन । अति विपन्न पजियारको घरमा यतिबेला शोकमा डुबेको छ भने, गाउँलेहरु आक्रोशित बनेका छन ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments