Incident Reports

वडाध्यक्षद्वारा स्थानीयलाई कुटपिट

2020-07-04

Karnali, Kalikot, Pachaljharana, Ward 9

कालिकोट : जिल्लाको पचालझरना गाउँपालिका–९ का वडाध्यक्ष जोरे तिरुवाले एक स्थानीयलाई कुटपिट गरेका छन्। बालबालिकाले ढुंगा फालेको विषयमा विवाद हुँदा वडाध्यक्ष तिरुवाले छिमेकी नयाँ तिरुवालाई कुटपिट गरेका हुन्।      

वडाध्यक्षको कुटाइबाट घाइते भएका नयाँ तिरुवा अस्पताल भर्ना भएका छन्। बालबालिकाले ढुंगा फोलेको विषयमा विवाद हुँदा वडाध्यक्ष जोरेले हसिया प्रयोग गरी नयाँ तिरुवालाई सक्त घाइते बनाएको नयाँका भाइ प्रेमसिंह तिरुवाले जानकारी दिए।‘नयाँ तिरुवाको घरभन्दा तल वडाध्यक्षको घर छ। नयाँ तिरुवाको घरका दुई नाबालकले घरको आँगनबाट ढुंगा खसाल्दा वडाध्यक्षको आँगनमा पर्‍यो। वडाध्यक्षको बुहारीले बालबालिकाहरुले ढुंगा लगायतका फोहहरु फालेको भन्दै गाली गरेपछि नयाँ तिरुवाले गाली नगर्न आग्रह गरे' उनले भने, 'तलमाथि अल्लो पल्लो घरमा बच्चाबच्चीले गरेको गल्तीका विषयमा हामीले गाली गर्नु राम्रो होइन भनेर सम्झाए। त्यही विषयमा वडाध्यक्ष आफैं आएर विवाद गर्न थाले। उनीहरुले एकोहोर गाली गरेपछि नयाँ तिरुवा रिसाए।'

त्यसै विवादमा घरबाट हसिया ल्याएर वडाध्यक्षले जोरे तिरुवाको टाउकोमा हिर्काएको र उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रेमसिंह तिरुवाले बताए।  उनले भने, 'बच्चाको सामान्य विवादमा वडाध्यक्ष जोरे तिरुवा र उनका छोरा पूर्ण तिरुवाले नयाँ तिरुवालाई कुटपिट गरे। पहिलेदेखि नै वडाध्यक्षका परिवारले विभिन्न बाहाना बनाएर गाली गर्ने, कुटपिट गर्ने गर्दै आएका थिए। यसपटक हसियाले हानेर गम्भीर घाइते बनाएकाले न्यायको लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छौं।'

यता वडाध्यक्ष जोरे तिरुवाले आफूले नयाँ तिरुवालाई कुटपिट गर्ने हिसावले नहानेको बताए। उनले भने, ‘नयाँ तिरुवा मदीरा सेव गरी आएका थिए। आफ्नो बुहारीले सधैं माथिबाट तल घरमा फोहोर नफाल भन्दा उल्टै गाली गरे। आफूले गाली नगर भन्न गएपछि मलाई हान्न लागेको हसिया खोस्न खोज्दा उसैलाई लागेको हो।’ नयाँ तिरुवाले ल्याएर आएका हसिया खोस्न खोज्दा फुत्केर टाउकोमा लागेको उनको भनाइ छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports