Incident Reports

बालकलाई अमानवीय व्यवहार गर्नेलाई सार्वजनिक मुद्दा l

2014-03-22

Province 1, Morang, Budhiganga

Sukdev Chaudhary टंकिसिनुवारी गाविस-९ मा एक बालकलाई चोरीको आरोपमा चारपाटा मुडेर मोसो दलि अमानवीय व्यवहार गर्नेलाई प्रहरीले चैत ९ गते सार्वजनिक मुद्दा चलाएको छ । गत चैत ८ गते एक ११ वर्षीय बालकले घरमा चोरी गरेको भन्दै अमानवीय व्यवहार गर्दै बिजुलीको पोलमा बाँधेर यातना दिएको आरोपमा सोही ठाउँका ४५ वर्षीय सूर्यनारायण भगतलाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाइएको जनाइएको छ । घटनाको आरोपीतलाई जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी सार्वजनिक मुद्दा चलाइएको छ भने घटनाको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका एसपी विश्वराज पोखरेलले जानकारी दिए । सुकदेव चौधरी

0 Comments