Incident Reports

उपमहानगरले सडक मर्मत नगरेको भन्दै स्थानीय आक्रोशित, बाटो छेकेरै गरे प्रदर्शन

2020-07-05

Madhes, Dhanusha, Janakpur, Ward 16

जनकपुरधाम : स्थानीय सरकार निर्माण भएको तीन वर्षमा पनि सडक मर्मत गर्न नसक्दा वर्षातका बेला समस्या भोग्नु परेको भन्दै जनकपुरमा स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१६ स्थित पुलचोक जाने बाटोमा स्थानीय, युवा र व्यापारीहरुले उपमहानगरपालिकाविरुद्ध नाराबाजी गर्दै आइतवार बिहान सडक अवरुद्ध गरेका हुन्।

धनुषाको पूर्वी क्षेत्र औरही, सबैला, यदुकुहा, तिनकौरिया लगायत सिरहा समेत जोड्ने उक्त हुलाकी सडकको अवस्था दयनीय रहेको र हल्का वर्षातमा पनि त्यहाँ ३/४ फिटसम्म पानी जम्ने गरेकोले आवात जावतमा समस्या भइरहेको भन्दै आफूहरुले सडक अवरुद्ध गरेको स्थानीय राजीव साहले बताए।

उनले भने, ‘जनकपुरधाम वडा नम्बर १६ र १९ को सिमाना समेत रहेको सो हुलाकी सडक मर्मत सम्भार नहुँदा दैनिक दुर्घटना हुने गरेको छ। यसअघि पनि पटक पटक सडक अवरुद्ध गरेर आन्दोलन गरेपनि स्थानीय सरकारले समस्या समाधान हुने आश्वासन दिएपनि समस्या ज्यूँका त्यूँ छ।’

यता वडा नम्बर १६ का वडाध्यक्ष रामअशीष पजियारले सो सडक हुलाकी सडकखण्ड भएकोले उपमहानगरले बनाउन नसक्ने प्रतिक्रिया दिए।

वडाध्यक्ष पजियारले असार २५ गतेसम्ममा समस्या समाधान गर्ने बारे स्पष्ट जवाफ दिने प्रतिबद्धता जनाएपछि डेढ घण्टापछि अवरुद्ध सडक सञ्चालन भएको थियो।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments