Incident Reports

बालिकालाई बन्धक बनाएको अरोपमा गिरफ्तार l

2014-03-23

Bagmati, Kathmandu, Budhanilakantha, Ward 4

Vivek Dhungana सिन्धुपाल्चोक जिल्ला फुल्पिङ गाविस-९ घरभई हाल चपली भद्रकाली-७ डेरा गरी बस्ने १६ वर्षीया रविना गुरूङलाई बन्धक बनाई राखेको आरोपमा नवलपरासी गैडाकोट गाविस घरभई हाल बुढानिलकण्ठ गाविस-४ डेरा गरी बस्ने १९ वर्षीय प्रवेश गुरूङ र पाँचथर भारपा गाविस घरभई हाल चपली भद्रकाली-७ डेरा गरी बस्ने १४ वर्षीय बालकलाई प्रहरीले गिरफ्तार गरेको छ । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले चैत ९ गते आरोपितहरूलाई उनीहरूकै कोठाबाट गिरफ्तार गरी पीडितको उद्धार गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्ज मुद्दा शाखाका सई हरी प्रसाद भट्टले बताए । पीडित परिवारले चैत ९ गते दिएको जाहेरीको आधारमा आरोपितहरूलाई आज अपहरण तथा शारीरीक बन्धक सम्बन्धी मुद्दा दायर गरिने सई भट्टले जानकारी दिए । पीडित रविनालाई चैत ८ गते आरोपितहरूले बन्धक बनाई कोठामा राखेका थिए । यस घटनामाथि महाराजगञ्ज प्रहरी वृत्तले आरोपितहरूलाई हिरासतमा राखि अनुसन्धान गरिरहेको छ । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis