Incident Reports

बैतडीको सिगास गाउँपालिका वडा नम्बर १ को कार्यालयमा तालाबन्दी

2020-07-04

Sudurpashchim, Baitadi, Sigas, Ward 1

बैतडी : विद्युत विस्तार सम्बन्धी विवाद हुँदा बैतडीको सिगास गाउँपालिका वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरिएको छ। 

विद्युत विस्तारको विषयलाई लिएर स्थानीयले तालाबन्दी गरेका हुन्। दुदिलाखानदेखि थडाकाडा रोड भएर विद्युत विस्तार गर्नुपर्ने स्थानीयको माग भएपनि वडाध्यक्षले अन्यत्रैबाट लाईन लैजान खोजेको भन्दै तालाबन्दी गरिएको हो। वडाध्यक्ष गगनसिंह धामीले भने स्थानीयकै माग अनुसार विद्युत विस्तार गर्न खोजेपनि बिना कारण अवरोध सिर्जना गरी तालाबन्दी गरिएको दावी गरेका छन्। 

उनले स्थानीयले विरोधका नाममा विरोध मात्र गरेको दावी समेत गरेका छन्।  

   

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments