Incident Reports

वडाध्यक्षलाई फसाइएको भन्दै महेन्द्रनगरमा प्रदर्शनमा उत्रिए स्थानीय

2020-07-05

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 9

असार २१, २०७७ कञ्चनपुर : भीमदत्त नगरपालिका ९ का अध्यक्ष राम नाथलाई षडयन्त्र गरी फसाइएको भन्दै स्थानीयले आइतबार महेन्द्रनगरमा प्रदर्शन सुरु गरेका छन्। स्थानीयले कभर्ड हलमा भेला भएर प्रदर्शन गरेका हुन्।

कबर्ड हलबाट सुरु प्रदर्शन जिल्ला प्रशासन कार्यालय हुँदै बजार क्षेत्रमा परिक्रमा गरी जिल्ला प्रहरी कार्यालयसम्म पुगेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासैनीलाई प्रदर्शनकारीले ज्ञापन पत्र बुझाएका छन्।

स्थानीय किसन नाथले वडाध्यक्ष नाथलाई षडयन्त्र गरी झुटा मुद्दामा फसाइएकोले महेन्द्रनगर आएर प्रदर्शन गरिएको बताए। ‘षडयन्त्र गरी निर्दोषलाई फसाउन खोजिएकोछ। निर्दोष कुनै पनि हालतमा फस्न हुँदैन’, स्थानीय नाथले भने।

प्रदर्शनमा सहभागीहरुले अध्यक्ष नाथलाई पूर्वनिर्धारित योजना बनाएर होटलमा बोलाएर झुटा मुद्दामा फसाएको बताए। ‘चिनजानका आधारमा आँप खान होटेलमा बोलाएपछि यस्तो झुटा मुद्दामा फसाइएको हो,’ एक स्थानीयले भने।

शुक्रबार राति ब्रह्मदेब बजारमा राति एक होटल सञ्चालक महिलामाथि दुव्र्यवहार गरिएको आरोप वडा अध्यक्ष नाथ पक्राउ परेका थिए। उनीमाथि जबरजस्ती करणी उद्योग मुद्दामा अनुसन्धान सुरु गरिएको छ। स्थानीयले खल्लामा ५२ ढोका अतिक्रमणमा संलग्न गिरोहको योजनामा अध्यक्ष नाथलाई फसाइएको बताएका छन्। उनीहरुका अनुसार अध्यक्ष नाथले ५२ ढोका अतिक्रमण रोक्न सक्रियता देखाएपछि उनीविरुद्ध एक गिरोह सक्रिय रुपमा लागेको थियो।

स्थानीय तह निर्वाचनपछि संरक्षण सुरु गरिएको ५२ ढोकामा यस वर्ष तारबार कार्य सुरु गरिएको थियो। अतिक्रमणमा संलग्न केही स्थानीयले तारबार फालिदिएका छन्। भीनपा ९ मटेनाका स्थानीयले प्रदर्शनका क्रममा अवैध मदिरा कारोबार बन्द हुनुपर्ने, निर्दोषलाई फसाउन नहुने लगायत नारा लगाएका छन्।  


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments