Incident Reports

प्रधानमन्त्री ओलीको पक्षमा विराटनगरमा प्रदर्शन

2020-07-03

Province 1, Morang, Biratnagar

विराटनगर, १९ असार । नेकपा स्थायी समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन खोजको विरोधमा युवाहरूले विराटनगरमा प्रदर्शन गरेका छन । 

कोरोना महामारीको समयमा प्रधानमन्त्री ओलीलाई हटाउने सड्यन्त्र भएपछि स्वतन्त्र युवा समाज, मोरङको नाममा युवाहरूले विराटनगरमा प्रदर्शन गरेका हुन ।

‘जनताको साथ ओलीलाई, आजलाई होइन भोलीलाई’ नारा लेखिएको ब्यानर बोकेर युवाहरुले सडकमा र्याली निकालेका थिए ।

ट्राफिक चौकबाट निकालिएको विरोध प्रदर्शन जलजला मोडमा कोण सभामा परिणत भएको थियो ।

‘‘आई एम विथ केपीओली’ लेखिएको प्लेकार्डसहित सडकमा विरोधका लागि निस्किएका युवाहरुले भारतसँग झुक्न नजानेका प्रधानमन्त्रीलाई पदबाट हटाउन नमिल्ने बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments