Incident Reports

मुसहर वस्तीका युवाहरुमाथि कुटपीट

2020-07-03

Madhes, Saptari, Khadak, Ward 8

राजविराज, २० असार । सप्तरीको खडक नगरपालिका वडा नम्वर–८ मा गैरदलितको समूहद्वारा मुसहर वस्तीका युवाहरु निर्घात कुटिएका छन् ।

शुक्रबार राती १० बजेको समयमा मोटरसाइकल चढेर आएका समूहले बस्ती पसेर मुसहर केटीहरुलाई जिस्कियाउन थालेपछि विवाद उत्पन्न भएको जनाईएको छ । स्थानीय समाजसेवी एवम् लेखक राजेश विद्रोहीका अनुसार स्थानीय गङ्गा सदाले रातीको समयमा बस्तीमा पसेर छोरीचेलीहरुलाई किन जिस्कियाएको ? भन्दा उनीहरुले गंगा सदा, सुरजी देवी सदा, राकेश सदा, बुचीदेवी सदालाई कुटिएका छन् ।

बस्ती पसेकाहरुले आफूलाई निर्घात कुटपीट गरेको पीडितहरुले बताएका छन् । कुटपीट गरिरहँदा छिमेकीहरुले प्रतिकार गर्न आउँदा उनीहरूलाई समेत कुटपीट गरेको बताए । कोशील चौधरी, राकेश चौधरी, प्रकाश चौधरी, प्रदिप चौधरी, दिनेश चौधरी लगायतका व्यक्तिहरु हातमा फलामको रड र सिक्री बोकी बस्ती पसेर कुटपीट गरेको पीडितहरुको आरोप छ ।

घाइते भएकाहरुको खर्चुहिया बजार स्थित इन्द्रेणी क्लिनिकमा उपचार भईरहेको विद्रोहीले जानकारी दिएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Homemade/traditional firearms
Primary Cause Other types of GBV
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth unknown
Total Injured 4
Female Injured 2
National/Online Media

0 Comments