Incident Reports

वीरगन्जमा नागरिकता बिधयेक विरुद्ध प्रदर्शन

2020-07-02

Madhes, Parsa, Birgunj

 वीरगन्ज,१८ असार नागरिकता बिधयेकको बिरुद्धमा बीरगंजमा बिदार्थीहरुले आज प्रर्दशन गरेका छन । जनता समाजवादी पार्टी नेपालको भातृ संगठन राष्ट्रिय विधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस ईकाइ कमिटीले बिहीबार बीरगंजको घण्टाघरमा हातमा प्लेकार्ड लिई बिरोध प्रर्दशन गरेका हुन । बिरोध प्रदर्शनमा जब सम्म मधेसको सभ्यता मधेशको संस्कृति माथी अत्यचार भईरहन्न्छ तब सम्म हाम्रो संघर्ष जारी रहने उनीहरुले बताएका छन । बिदेश महिलासंग बिबाह भएको ७ बर्ष पछि मात्र वैबाहिक नागरिकता दिने सरकारको मधेश बिरोधी निर्णय रहेकाले बिरोध गरिएको उनले बताए । विरोध कार्यक्रममा प्रदेश सभा सदस्य जन्न्त अन्सारी , समाजवादी पार्टी पर्सा अध्यक्ष रामनरेश यादव , नेताहरु तबरेज अहमद , सुन्दर कुर्मी , रम्भा मिश्रा , रेखा साह लगायतको सहभागीता रहेको थियोे । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments