Incident Reports

भरुवा बन्दुक बरामद

2020-07-07

Madhes, Rautahat, Chandrapur, Ward 2

रौतहट, २०७७ असार २३ गतेचन्द्रपुर नगरपालिका-२ मलनिया सामुदायिक बन क्षेत्रबाट १ नाल भरुवा बन्दुक सोमबार राति बरामद भएको छ । अस्थाई प्रहरी पोष्ट जुडिबेलाबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा सो वन नजिकै खेतमा रहेको परालको कुन्युमा शंकास्पद अवस्थामा बसिरहेका ३/४ जना व्यक्तिहरु प्रहरीलाई देख्नासाथ भागेर फरार भएपछि परालको थुप्रोभित्र शंका लागि जाँच गर्ने क्रममा उक्त भरुवा बन्दुक फेला परेको हो । फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

0 Comments