Incident Reports

पतिले बहुविवाह गरेको भन्दै उजुरी दर्ता l

2014-03-24

Chhetu Sherpa खराङ गाबिस-१ की २६ वर्षीया मेनुका श्रेष्ठले पति ३० वर्षीय नरबहादुर श्रेष्ठले बहुविवाह गरेको आरोपमा महिला तथा बालबालिकाको कार्यालयमा चैत १० गते उजुरी दर्ता गरेकी छन् । पीडितले आफ्नो विवाह नरबहादुरसँग ०६३ फागुन २३ गते मागी विवाह गरेपछि पतिले पटक-पटक अमानवीय व्यवहार गर्दै आएको र फागुन १ गते बहुविवाह गरेले कानुनी कारबाहीका लागि सहयोग गरिदिन भन्दै उजुरी दता गराएकी हुन् । महिला तथा बालबालिाको कार्यालयले उजुरीलाई कारबाहीका लागि भन्दै जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको महिला विकास अधिकृत प्रतिमा पन्थीले जानकारी दिइन् ।

0 Comments

Related Reports
Related Trend Analysis