Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

2020-07-04

Gandaki, Nawalparasi East, Binayee Tribeni

११ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय बुबालाई असार २०  गते गिरफ्तार  गरेको छ ।

पीडितलाई आरोपितले असार २० गते साँझ यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन इलाका प्रहरी कार्यालय दुम्कीबासमा मौखिक उजुरी दिएका थिए ।

पीडित पक्षको मौखिक उजुरीपछि आरोपितलाई गिरफ्तार गरिएको छ भने पीडित पक्षले असार २१ गते लिखित उजुरी दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सई टिकाराम पोखरेलले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २० गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको छ ।

तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments

Related Reports