Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2020-07-08

Bagmati, Nuwakot, Tadi, Ward 5

नुवाकोट । तादी गाउँपालिका-५ नर्जा बस्ने २४ वर्षीय राम तामाङ सहित २ जनालाई १ थान भरुवा बन्दुक सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

तामाङको घरमा भरुवा बन्दुक छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त भरुवा बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

National/Online Media

0 Comments