Incident Reports

बलात्कारपछि बालिकाको हत्या गरेको आरोपमा गिरफ्तार l

2014-03-25

Sudurpashchim, Kanchanpur, Krishnapur

Komal Niranjan Bhat देखतभुली गाविस -६ तल्कीकी एक ११ वर्षीया बालिकाको बलात्कार गरेपछि हत्या गरेको आरोपमा कृष्णपुर गाविस-२ का २५ वर्षीया गंगाराम रानालाई इलाका प्रहरी कार्यालय कृष्णपुरले चैत ९ गते गिरफ्तार गरेको छ । देखतभुली गाविस-६ तल्की नजीकै रहेको जंगलमा गाईबस्तु चराउन गएकी बालीकालाई चैत ८ गते गंगारामले बलत्कार गरेको र बलत्कार गरेपछि कुरा खुल्ने डरले बालिकाको मुख र घाँटी थिचेर हत्या गरेका थिए । शवको चैत ९ गते महाकाली अञ्चल अस्पतालमा पोष्टमार्टम भएको थियो । हत्याका आरोपित गंगाराम रानालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय कृष्णपुरका सई गोपाल कार्कीले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis