Incident Reports

यौनसम्पर्क प्रस्ताव अस्वीकार गरेपछि ज्यान मार्ने प्रयास गरेको आरोप

2020-07-06

Madhes, Mahottari, Manra Siswa, Ward 1

यौनसम्पर्क प्रस्ताव अस्वीकार गरेपछि १८ वर्षीया एक युवतीको हत्या प्रयास गरेको आरोपमा महोत्तरीका एकजना पक्राउ परेका छन् । मनरा सिस्वा नगरपालिका– १ चौरियाका ३० वर्षीय सुबाेध कापरलाई हत्या प्रयासको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । 

कापरलाई पीडितको बयानको आधारमा घटनाको भोलिपल्टै सोमबार घरैबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । पीडित युवतीलाई बेहोस अवस्थाम स्थानीयले उद्धार गरेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि युवतीलाई जलेश्वर अस्पतालमा भर्ना गरेको थियो । हाल उनको स्वास्थ्य अवस्था निकै सुधार भएको अस्पतालका चिकित्सकले बताएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले यौन प्रस्ताव अस्वीकार गरेको कारण वा अन्य विषयमा  कुटपिट भएको हो अनुसन्धान भइरहेको बताए । 

यस्तो भन्छिन् पीडित युवती

आइतबार बिहान सुबाेधले मलाई घरबाट थोरै पर आँप बगैँचामा भेट्न बोलाएको थियो । प्रेम–सम्बन्ध पनि भएकाले भेट्न गएँ । तर सुबाेधले त्यही यौनसम्पर्कको प्रस्ताव राख्यो । मैले अस्वीकार गरेँ । त्यसपछि उसले मलाई बेस्सरी कुट्न थाल्यो । लछारपछार गर्दै लाइटरले मेरो संवेदनशील अंग जलाउने प्रयास गऱ्याे ।  कपडा पनि जलायो । त्यसो गर्दासमेत मैले उसको प्रस्ताव नमानेपछि बियरको बोतल मुखमा कोच्यो । त्यसपछि म बेहोस भएछु । 

‘घटना अमानवीय’

घटनाको खबर पाएलगत्तै ओरेक नेपाल र अन्तरमहिला सञ्जालका प्रतिनिधिले पीडितलाई भेटेका छन् । उनीहरूले घटना जघन्य र मानवताविरोधी भएको भन्दै पीडिकमाथि कानुनी कारबाही गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गरेका छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments