Incident Reports

बलात्कृत महिलालाई मुद्दा फिर्ता नलिएकोले जागिरबाट बर्खास्त l

2014-03-23

Bagmati, Dhading, Jwalamukhi

Sitaram Adhikari ढोला गाविस-२ सिम्खडागाउँमा रहेको बालज्योती प्राविमा कार्यालय सहयोगीको रुपमा कार्यरत बलात्कारबाट पीडित २५ वर्षीया महिलालाई मुद्दा फिर्ता नलिएकोले विद्यालय प्रशासनले जागिरबाट बर्खास्त गरेको छ । बलात्कारमा परेर न्याय माग्न पीडित महिला प्रहरी र अदालतमा मुद्दा मामला गरेको आरोपमा विद्यालयले आफूलाई चैत ९ गतेबाट अवकास दिइएको पीडितले बताइन् । आफ्नो पार्टीलाई भोट नदिएको भन्दै ढोला गाविस-२ डाडापुर्सुका २३ वर्षीय सञ्जिव सिम्खडाले काकी नातापर्ने एकल महिलालाई मङ्सिर ८ गते बलात्कार गरेका थिए । काङ्ग्रेस कार्यकर्ता सिंखडा विरुद्ध पीडितले मङ्सिर १३ गते जबर्जस्तीकरणी मुद्दा प्रहरीमा दर्ता गराएकी थिइन् । प्रहरीले आरोपितलाई गिरफ्तार गर्न समेत बेवास्ता गरेको र मुद्दा फिर्ता लिन विद्यालयका प्रधानाध्यापक सन्तोष अर्यालले पटक-पटक आग्रह गरेको तथा त्यसको लागि गाउँवासीलाई समेत लगाउँदै आएको पीडितको आरोप छ । पीडितले आफूलाई परेको अन्याय विरुद्ध बोल्ने बताएपछि विल्द्यालयबाट निस्काशन गरिएको हो । आरोपित सिंखडा हालसम्म फरार छन् । कार्यालय सहयोगीको जागिरबाट दुई छोराछोरी र सासूको पालन पोषण र घर व्यवहार चलाउँदै आएकोमा जागिर गएपछि उनको परिवारको विचल्ली हुने भएको छ । आफूलाई मुद्दा फिर्ता लिईदिन पटक-पटक धम्की आउने गरेकोमा मुद्दा फिर्ता लिन नमानेकै कारण विद्ययालयले जागिरबाट जबर्जस्ती निकालेको भन्दै उनले न्यायका लागि महिला अधिकारकर्मी र सरोकारवाला निकायसँग आग्रह गरेकी छन् । सीताराम अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis