Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-07-07

Sudurpashchim, Kanchanpur, Krishnapur, Ward 4

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–४ मालुबेलाका ६६ वर्षीय नरबहादुर भण्डारीलाई असार २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई असार २३ गते भण्डारीले प्रलोभनमा पारी जङ्गल क्षेत्रमा लगेर बलात्कार गरेको जानकारी पाएपछि भण्डारीकाविरुद्धमा प्रहरीमा उजुरी दिएको पीडित बालिकाका काकाले इन्सेक प्रतिनिधिलाई फोन सम्पर्कबाट बताउनु भयो ।

पीडित बालिकाका आफन्तले असार २३ गते उजुरी दिएपछि आरोपित भण्डारीलाई ईलाका प्रहरी कार्यालय, झलारीले गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले इन्सेक प्रतिनिधिलाई फोन सम्पर्कबाट बताउनु भयो ।

पीडित बालिकाको असार २३ गते महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो ।

कोमलनिरन्जन भाट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments