Incident Reports

स्याङ्जामा ओलीको समर्थनमा प्रदर्शन

2020-07-09

Gandaki, Syangja, Putalibazar

स्याङ्जा, असार २५ । प्रधानमन्त्री केपी ओलीको समर्थनमा स्याङ्जामा प्रदर्शन गरिएको छ । 

जनमतको कदर गर्दै प्रधानमन्त्री केपी ओलीलाई पूरा कार्यकाल काम दिन माग गर्दै स्याङ्जामा प्रदर्शन गरिएको हो । 

स्याङ्जा सदरमुकास्थित बसपार्कबाट सुरु भएको प्रदर्शन सहिदचोक, प्रगतिनगर, बाडखोला हँदै पुनः सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

कोणसभामा बोल्ने युवाहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामा माग गर्नेहरु भारतीय दलाल भएको आरोप लगाएका थिए । 

प्रदर्शनमा सहभागि पुतलीबजार नगरपालिका क्षेत्रका युवाहरुको बाहुल्यता थियो । 

उनीहरु प्रधानमन्त्री केपी ओलीको तस्बिर र राष्ट्रिय झण्डा लिएर प्रदर्शनमा उत्रिएका थिए 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments