Incident Reports

घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी l

2014-03-26

Bagmati, Chitawan, Kalika

Sabitri Sapkota जुटपानी गाविस-९ बस्ने ३२ वर्षीया मुगा लोकचनलाई पति ३५ वर्षीय रामकाजी लोकचन र सासू-सुसुराले घरेलु हिंसा गरेको भन्दै पीडित महिलाले चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन् । पतिले आफूलाई वास्ता नगरी बहुविवाह गरी काठमाडौँ बस्दै आएको र सासू ७० वर्षीया रुकमणि र ससुरा ६५ वर्षीय चिनबहादुर लोकचनले खाना लाउन नदिई घरबाट निकालेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी हुन् । तीन छोराछोरी रहेको र उनीहरूलाई मजदुरी गरेर पालेको पीडितले दुःखेसो पोखिन् । पतिले तैँले सकेको गर भन्दै फोन गर्ने गरेकोले आफू सहारा विहीन भई अन्यायमा परेको भन्दै प्रहरीमा आएको उनले बताइन् । आरोपितलाई प्रहरी कार्यालयमा झिकाई दुवै पक्षलाई राखेर छलफल गराइने जिल्ला प्रहरी कार्यालय अर्न्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रकी अर्सइ शान्ता पण्डितले बताइन् । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis