Incident Reports

पाकिस्तानमा मन्दिर निर्माणमा हस्तक्षेप भएको भन्दै वीरगञ्जमा विरोध प्रदर्शन

2020-07-11

Madhes, Parsa, Birgunj

पाकिस्तानमा प्रधानमन्त्री इमरान खानले मन्दिर निर्माणमा हस्तक्षेप गरेको भन्दै शनिबार वीरगञ्जमा विरोध प्रदर्शन गरिएको छ।

पाकिस्तानको राजधानी इस्लामावादमा बनाउन लागिएको मन्दिर निर्माणमा हस्तक्षेप भएको भन्दै नेपाल विश्व हिन्दु महासंघ वीरगञ्ज नगर कार्यसमितको आयोजनामा विरोध र्‍याली निकालिएको हो।

र्‍‍याली महानगरका विभिन्न भागको परिक्रमा गर्दै घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो। विरोध र्‍यालीमा सहभागीहरुले पाकिस्तान सरकारको विरोध गर्दै नाराबाजीसमेत गरेका थिए।

र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै महासंघका राष्ट्रिय उपाध्यक्ष विजय प्रकाश निषादले मन्दिर बनाउन खोज्दा अवरोध गरिएकोप्रति आपति जनाए।

उनले भने, ‘नेपालमा हामी हिन्दु, मस्लिम, शिख, इसाई सबै मिलेर बसेका छौँ। तर पाकिस्तानमा मन्दिर बनाउँदा अवरोध गरिएको छ। यो कहाँको न्याय हो? त्यहाँका हिन्दुहरु पूजा गर्न कहाँ जान्छन्?’


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Religious sectarianism
Actor 1 - Number of people N
Actor 1 - Affiliations Hindu Religious Organization
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Foreign State
Actor 2 - Youth na
National/Online Media

0 Comments