Incident Reports

महिलाको गाडेको अवस्थामा शव l

2014-03-26

Lumbini, Bardiya, Thakurbaba

Man Bahadur Chaudhary नेउलापुर गाविस-१ बलाती गाँउ नजिक सामुदायिक वनमा जमीनमा गाडिएको अवस्थामा एक अपरिचित महिलाको लास फेला परेको छ । लासको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी वीरेन्द्रकुकार बस्यालले बताए । बलाती गाउँ नजिक रहेको ओराही खोलामा चैत ११ गते बिहान माछा मारिरहेका स्थानीय व्यक्तिहरूले सामुदायिक वनमा केही अपरिचित व्यक्तिहरूले माटो पुरिरहेको देखेपछि इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरीलाई खबर गरेका थिए । लास फेला परेकी महिलाको शरीरमा कुनै किसिमको चोट नदेखिएकाले घाँटीमा सल बेरेर २४ घण्टा अघि नै हत्या गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनास्थलको उत्खनन गर्दा महिलाको लाससँगै हाते व्याग भित्र केही गहना किनेका विल, बस चढेका टीकट र एक प्रति फोटो फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेकाले केही भन्न नमिल्ने एसपी बस्यालले बताए । लासको पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा राखिएको छ । मानबहादुर चौधरी

0 Comments

Related Reports
Related Trend Analysis