Incident Reports

अन्नपूर्णा आश्रमका अध्यक्ष वैद्य जबर्जस्ती करणी उद्योगमा पक्राउ

2020-07-05

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्णा पशुपति आश्रमका संस्थापक अध्यक्ष जगदीश वैद्य जबर्जस्ती करणी उद्योगमा पक्राउ परेका छन् । पीडित महिलाको उजुरीका आधारमा प्रहरीले उनलाई २१ असारमा ललितपुरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि आइतबार नै काठमाडौँ प्रहरीलाई बुझाइएको छ । वैद्यले एक जटिल रोगबाट प्रभावित महिलालाई पूर्णरूपमा रोग निको पारिदिन्छु भन्दै रकम लिएर आश्रमको कार्यालयभित्रै कपडा खोल्न लगाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले पीडित महिलाले जबर्जस्ती करणी उद्योगमा जाहेरी गरेपछि वैद्यलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई अहिले परिसरकै हिरासत कक्षमा राखिएको छ । ‘आश्रममै कार्यरत एक महिलाको उजुरीपछि वैद्यलाई पक्राउ गरेका हौं । सोहीअनुसार अनुसन्धान भइरहेको छ,’ ज्ञवालीले भने, ‘पीडित भनिएकी महिला र वैद्यसँग बयान लिने क्रम जारी छ ।’ 

वैद्यविरुद्ध प्रहरीमा ठगी मुद्दा पनि परेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौमा ठगीसम्बन्धी जाहेरी परेपछि प्रहरीले उनीविरुद्ध थप अनुसन्धान गर्दै छ । परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले भने, ‘वैद्यविरुद्ध जिल्ला प्रशासन कार्यालयमा ठगी गरेको भन्दै जाहेरी परेको रहेछ ।

अनुसन्धान गर्न भन्दै हामीकहाँ पत्र आयो । सोही पत्रका आधारमा अनुसन्धान गर्दै छौँ ।’ वैद्यले कुनै विश्वविद्यालयबाट औपचारिक रूपमा विद्यावारिधि नगरेको र उनले आफ्नो नामको अगाडि लेख्ने प्रा.डा.को पद र राष्ट्रिय समाजसेवी उपाधि ‘स्वघोषित’ भएको बारे उजुरी परेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments