Incident Reports

महिला अहेवमाथि कार्यकक्षमै खुकुरी प्रहार l

2014-03-30

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai जिल्ला अस्पताल खोटाङमा कार्यरत महिला अहेव दिक्तेल गाविस-९ सोल्माकी १८ वर्षीय कबिता दाहालमाथि कार्यकक्षमै चैत १६ गते खुकुरी प्रहार भएको छ । जिल्ला अस्पतालको इमर्जेन्सी कक्षमा बसिरहेको समयमा खाल्ले गाविस-८ का २० वर्षीय अशोक खतिवडाले अहेवमाथि खुकुरी प्रहार गरेका हुन् । हत्या गर्ने उद्देश्यले दाहालमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट टाउको, घाँटी र हातमा गहिरो चोट लागेको जिल्ला अस्पतालका डाक्टर नवल किशोर झाले बताए । घाइतेको अवस्था चिन्ताजनक रहेको अस्पताल श्रोतले जानकारी दिएको छ । बेहोस अवस्थाकी उनलाई तत्कालै हेलिकोप्टर चार्टर गरी काठमाडौ लगिएको छ । अस्पताल परिसरमा कोही नभएको मौका पारी आरोपितले खुकुरी प्रहार गरी भागेका थिए । उनलाई तत्कालै दिक्तेल गाविस-१ बाट प्रहरीले गिरफ्तार गरेको छ । बिवाहका लागि गरिएको प्रस्तावलाई अस्वीकार गरेका कारण दाहालमाथि आक्रमण भएको खुलेको डिएसपी शाहको भनाई छ । खतिवडाले प्रेमीकाको हत्या गरेर आफै आत्महत्या गर्ने मनसायले खुकुरी प्रहार गरेको बयान दिएको प्रहरीले बताएको छ । 'उनीहरूबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको देखिन्छ,' डिएसपी शाहले भने, 'केटीले अर्कैसँग विवाह गर्ने कुरा गर्न थालेपछि मार्ने र मर्ने आशयले आक्रमण भएको खुल्छ ।' आरोपितको झोलामा भर्खरै खरिद गरिएको करीव पाँच मिटर डोरी समेत फेला परेको छ । अहेव दाहाल ९ महिनाअघिदेखि अहेवको अस्थायी करार सेवामा काम गर्दै आएकी डाक्टर झाले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis