Incident Reports

मादीको तारकाङमा भतिजाले गरे आफ्नो काकाको हत्या

2020-07-11

Gandaki, Kaski, Madi, Ward 4

पोखरा, २८ असार । कास्कीको मादीमा ७८ वर्षीय वृद्धको खुकुरी प्रहारगरी हत्या भएको छ । मादी–४ घामनुङका ७८ वर्षीय पीताम्बर सापकोटामाथि उनकै भतिज पर्ने नवराज सापकोटाले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट अर्का एक वृद्ध घाइते भएका छन् । 

बारीको घाँसको बिषयमा सामान्य भनाभन हुँदा शनिबार साँझ ७ बजे घरमा खाना खाइरहेको अवस्थामा काका पर्ने पीताम्बर सापकोटामाथि नवराजले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । 

पीताम्बरको घटनास्थलमै मृत्यु भएको मादीगाउँपालिका–४ का अध्यक्ष सत्यराज सापकोटाले जानकारी दिए । घाइते केशवराज सापकोटाको मणिपाल अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष सापकोटाले बताए । उनको टाउकोमा चारवटा टाका लगाइएको छ । खुकुरी प्रहारपछि घरपरिवारले हार गुहार गर्दा घटनास्थल पुगेका केशवराजमाथि पनि नवराजले खुकुरी प्रहार गरे्का थिए । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Total Injured 1
National/Online Media

0 Comments