Incident Reports

नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजार दिनुपर्ने भन्दै व्यवसायीहरू आन्दोलित

2020-07-14

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, ३० असार । प्रत्येक नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरू आन्दोलित भएका छन् ।

व्यवसायीहरूले बन्दाबन्दीका कारण व्यापार–व्यवसाय बन्द गर्नु परेकाले लकडाउन अवधिको प्रतिमहिना २५ हजारका दरले रकम दिनुपर्ने माग राखेका हुन् । नेपाल नाई ट्रेड युनियनले मंगलबार माइतीघरमा आफ्नो समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको हो ।

तत्काल सम्पूर्ण श्रमिकहरूलाई राहतको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने र सपल तथा कोठा भाडा पूर्ण रूपमा मिनाहा गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले तत्काल सैलुन र पार्लर खोल्न दिनुपर्ने, लक डाउन अवधिमा प्रतिमहिना २५ हजारका दरले दिनुपर्ने, निःशूल्क देशभरीका श्रमिकहरूलाई पीपीई सेट उपलब्ध गराउनुपर्ने र ५० लाख बराबरको जीवन बीमाको व्यवस्था गर्नुपर्ने बताए । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments