Incident Reports

एमाले नेताको जग्गा कब्जा गरेको घोषणा l

2014-03-31

Madhes, Dhanusha, Rajbiraj

Binod Kumar Rabidas नेकपा माओवादीका संयोजक मातृका यादवको नेतृत्वमा एमाले नेताको जग्गा कब्जा गरिएको छ । सबैला-९ स्थित योगनाराण यादवको नाममा रहेको जग्गा एक जग्गा कब्जा गरिएको घोषणा गरेका थिए । एमालेका पूर्व सांसद योगनाराण यादवले जमिन्दार रुद्रेश्वर प्रधानाङगबाट तीन महिना पहिले सो जग्गा खरिद गरेको बताए । परापूर्वकालदेखि स्थानीयबासीहरूले सार्वजानिक रुपमा रहेको जग्गा उपभोग गर्दै आएकोमो अहिले जग्गा टुक्रा टुक्रा गरी बेच्न लागेकोमा स्थानीय राजनीतिक प्रतिनिधिको सर्वदलीय बैठक गरेर जग्गा नियन्त्रणमा लिएको संयोजक यादवले टेलिफोनमा कुराकानी गर्दै भने' त्यसमा पार्टीको भन्दा स्थानीय राजनीतिक दलको सहयोगमा सार्वजनिक कार्यक्रमबाट हजारौको संख्यामा रहेको जनताले जग्गा नियन्त्रणमा लिएका हुन् । झण्डै तीन बिगाहा क्षेत्रफल रहेको जग्गा खेलकुद मैदानको लागि स्थानीयले नियन्त्रणमा लिएको स्थानीय एमाओवादीका जिल्ला कार्यालय सचिव रोशन यादवले बताए । यता जग्गा धनी भनिएका एमाले नेता यादवले आफूले खरिद गरेको जग्गामा कसैले जबरजस्ती गर्न खोजे कानुनले नछोड्ने उनले टेलिफोनमा बताए । इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर रमेश खडकाले भने 'राजनितिक प्रतिनिधि रहेको सर्वदलिय एक कार्यक्रमबाट एक हुल मान्छेहरूले त्यो जग्गामा गोडेको साल सिमनालाई उखेलेका थिए ।' सबैला बजारमा भएको सार्वजानिक कार्यक्रमा नेकपा माओवादीका स्थानीय नेता लख्खीचन साहको अध्यक्षता कार्यक्रम भएको थियो भने सो कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादीका संयोजक मातृका यादव रहेका थिए । एमाओवादी परित्याग गरेका श्रवन यादव लगायत कार्यक्रममा एमाले जिल्ला सदस्य तथा भुपु गाविस अध्यक्ष रामबलि साह, नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्ष हरिनारायण साह, एमाओवादीका जिल्ला कार्यालय सचिव रोशन यादव, मधेसी जनअधिकार फोरमका विजय जयसवाल, सदभावनाका रामभगत साह, तमलोपाका स्थानीय नेता नन्दकिशोर साह लगायत राजनीतिक दलका प्रतिनिधीहरूको सहभागिता रहेको थियो । विनोदकुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis