Incident Reports

गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा १३ जना पक्राउ

2020-07-14

ओखलढुंगा । एम्बुलेन्स दुर्घटनाको विषयलाई लिएर गाउँपालिकाको कार्यालय तोडफोड तथा कर्मचारीमाथि हातपात गरेको आरोपमा लिखु गाउँपालिकाका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ११ गते बिहान बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटनामा परी मृत्यु भएका चालक सुदर्शन खत्रीको मृत्युको जिम्मा गाउँपालिकाले लिनुपर्ने भन्दै आक्रोशित युवाहरुको समूहले गाउँपालिकाको कार्यालय तोडफोड तथा कर्मचारीमाथि हातपात गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा लिखु गाउँपालिका ४ का ३१ वर्षीय दिपक कार्की, ३२ वर्षीया भारती मगर, २२ वर्षीया निर्मला थापा, २२ वर्षीया दीपक थापा, २२ वर्षीय दीपेन्द्र खड्का, २० वर्षीय विश्वास खत्री, २७ वर्षीय पारस खड्का, २७ वर्षीय अरुण कार्की, ३० वर्षीय दलबहादुर थापा, २७ वर्षीय निलबहादुर कार्की, २० वर्षीय राजु कार्की, २४ वर्षीय लक्ष्मण कार्की र २१ वर्षीय दीपराज खड्का रहेका छन् ।

उनीहरुलाई मंगलबार पक्राउ गरेर जिल्ला प्रहरी कार्यलय ल्याईएको ओखलढुंगा प्रहरी निरिक्षक मिलन बस्नेतले बताए । आक्रोशित युवाहरुको समुहले सडकको नाजुक अवस्थाकै कारण एम्बुलेन्स दुर्घटनामा परेको भन्दै दुर्घटनाको जिल्ला गाउँपालिका अध्यक्ष गोविन्द पौडेलले लिनुपर्ने माग राखेर सोही दिन गाउँपालिकामा आक्रमण गरेका थिए । घटना लगत्तै गाउँपलिकाको तर्फबाट कार्यालय तोडफोड गरेको तथा कर्मचारीमाथि हातपात गरेको भन्दै जिल्ला प्रहरी कार्यलयमा जाहेरी दर्ता गराएपछि उनीहरुलाई मंगलबार गाउँबाटै पक्राउ गरिएको प्रहरी निरिक्षक बस्नेतले बताए ।

उनीहरुलाई बुधबार आज जिल्ला प्रशासन कार्यलयबाट म्याद थप गरेर थप अनुसन्धान भैरहेको बस्नेतको भनाई छ । घटनालगत्तै नेकपा लिखु गाउँपालिका कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेको छ । गत असार ११ गते बिरामी बोक्न गएको गाउँपालिकाकोे प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स दुर्घटना हुदाँ गाउँपालिका ४ का चालक २२ बर्षिय सुदर्शन खत्रीको घटना स्थलमै ज्यान गएको थियो । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 13
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments