Incident Reports

क्याम्पस प्रमुखको राजीनामा माग्दै जनज्योति क्याम्पसमा तालाबन्दी

2020-07-16

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले कञ्चनपुरस्थित महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । 

क्याम्पस प्रमुख प्रकाशदत्त जोशीको राजीनामाको माग राख्दै अनेरास्ववियुले बिहीबार क्याम्पसमा तालाबन्दी गरेको हो । 

अनेरास्ववियु कञ्चनपुरका नेता कैलाशचन्द्र गिरीले क्याम्पस प्रमुखले कांग्रेसको काम गरेको आरोप लगाउँदै उनको कार्यकक्षमा तालाबन्दी गरेको बताए । 

‘क्याम्पस प्रमुख जोशीले कांग्रेसको जुम प्रशिक्षण कार्यक्रमको सूचनालाई बिएसडब्लू समूहमा प्रचार गरे,’ उनले भने, ‘गत २५ असारमा नैतिकताका आधारमा राजीनामा मागेका थियौँ, दिनुभएन, त्यही भएर आन्दोलित भएका छौँ ।’ 

यसअघि क्याम्पस प्रमुख जोशीले जुम बैठकको सूचनाको विषयमा २४ असारमा नियतवश नभई प्राविधिक त्रुटिवश गल्ती भएको भन्दै माफी मागेका थिए । 

गिरीका अनुसार क्याम्पस प्रमुखले राजीनामा नदिँदासम्म तालाबन्दी नखोलिने र क्याम्पसका प्रबन्ध–निर्देशक खेमलाल घिमिरे र सञ्चालक समिति अध्यक्ष मनोरज जोशीलाई समेत क्याम्पस प्रवेशमा रोक लगाउने चेतावनी दिइएको छ । 

क्याम्पस प्रमुखले क्याम्पसको हितभन्दा पनि पार्टीको काम गरेको अनेरास्ववियुको आरोप छ । 

जनज्योति क्याम्पस प्रमुख प्रकाशदत्त जोशीले नितान्त प्राविधिक त्रुटिवश सूचना साझा भएको बताए । 

‘मैले यो विषयमा विद्यार्थीसहित दुई लाख ५० हजारभन्दा बढी मानिससँग माफी मागिसकेको छु,’ उनले भने, ‘महिना दिनपछि यो विषय उचाल्ने प्रयास भयो ।’ 

क्याम्पस प्रमुख भएपछि पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको दाबी गर्दै जोशीले आफूमाथि राजनीतिक पूर्वाग्रहका हिसाबले दुस्प्रचार गरिएको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments