Incident Reports

सामूहिक बलात्कारमा संलग्नलाई म्याद थप गरी अनुसन्धान l

2014-04-02

Amrit Giri मर्चवारस्थित रोहिणीहवा गाविस-७ की १८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा गिरफ्तार गरिएका चारजनामाथि चैत १६ गते जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको छ । ०७० चैत ९ गते बेलुका घरदेखि केही परको खेतमा बालिकामाथि सामूहिक बलात्कार गरेको भनि चैत ११ गते मर्चवार इलाका प्रहरी कार्यालयका पीडितले दिएको उजुरीका आधारमा आदर्श गाविस-४ का २३ वर्षीय मोहम्मद साहिद, सोही ठाउँका २० वर्षीय सुरेस कलवार, २१ वर्षीय विष्णु ढांडी र २२ वर्षीय सववीर अहमद खाँलाई चैत १५ गते प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरूलाई जबर्जस्ती करणी अन्तर्गत मुद्दा चलाइएको प्रहरी निरीक्षक बलराम पौडेलले बताए । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis