Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2020-07-18

Bagmati, Sindhupalchok, Melamchi, Ward 13

मेलम्ची नपा–१३ की ८० वर्षीया बुद्धिमायाँ तामाङलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पति ७५ वर्षीय भैरबसिं तामाङलाई ०७७ साउन ३ गते प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर फलबहादुर तामाङले इन्सेक जिल्ला प्रतिनिधिसँंग टेलिफोनमा बताउनु भयो ।

इन्स्पेक्टर तामाङले दिएको जानकारी अनुसार आरोपितले ०७७ साउन ३ गते बिहान चार बजेको समयमा घरमा सुतिरहेकी पत्नीको खुकुरीले घाँटी छिनालेर घर नजिकै रहेको पाखो बारीमा टाउको लुकाएका थिए भने शरीर घटनास्थलमा फेला परेको थियो ।

स्थानीय गाउलेहरूले सूचना दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । इलाका प्रहरी कार्यालय मेलम्ची मुद्दा शाखाका हवल्दार भोजबहादुर खत्रीले हालसम्म हत्याको कारण खुल्न नसकेको र आरोपितलाई अनुसन्धानको लागि हिरासतमा राखिएको जानकारी दिनुभयो । शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची लगिएको छ ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments