Incident Reports

प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज गिरफ्तार

2020-07-17

Lumbini, Rolpa, Pariwartan


नेत्रविक्रम चन्द (विप्लव)  नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  रोल्पा  इन्चार्ज सुनिल स्मृति गाउँपालिका–६ का ३४ वर्षीय कमल थापालाई प्रहरीले साउन २ गते गिरफ्तार गरेको छ ।

विभिन्न पेशामा आवद्ध रहेका व्यक्तिहरूबाट धम्की दिएर चन्दा उठाएको आरोपमा गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी चित्रबहादुर गुरुङले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।  थापा अन्य तीन वटा मुद्दाका  फरार आरोपित समेत रहेको डिएसपी गुरुङले बताउनु भयो ।

आरोपितको स्वास्थ्य परीक्षण साउन २ गते जिल्ला अस्पताल, रेउघामा गरिएको छ ।

हरिसरा घर्ती

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments