Incident Reports

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

2020-07-14

Lumbini, Rolpa, Tribeni, Ward 5

त्रीवेणी गाउँपालिका–५ लाइतकी २१ वर्षीया दीपा खड्कालाई कुटपिट गरेको आरोपमा प्रहरीले २२ वर्षीय पति जोखबहादुर खड्कालाई साउन २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले असार ३१ गते जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले जानकारी दिनुभयो ।

पीडितलाई आरोपित पतिले असार ३० गते कुटपिट गर्दा आँखामा चोट लागेको पीडित महिलाले बतउनुभयो । पीडित महिलाको उपचार जिल्ला अस्पताल सल्लेमा गरिएको छ ।

मनिषा केसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments