Incident Reports

एसपी रवीन्द्र रेग्मीको दादागिरी : राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षकमाथि मुक्का प्रहार

2020-07-17

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रवीन्द्र रेग्मीले राष्ट्रिय खेलकुद परिषदका कर्मचारीमाथि कुटपीट गरेको आरोप लागेको छ ।

शुक्रबार बिहान राष्ट्रिय खेलकुद परिक्षद अन्तर्गत धादिङका प्रशिक्षक भिम बहादुर गुरुङमाथि एसपी रेग्मीले कुटपीट गरेको बताइएको छ ।

कराते खेलका प्रशिक्षक गुरुङले खेलाडीहरुलाई प्रशिक्षण गराइरहेको बेला कभर्ड हलमा पुगेका एसपी रेग्मी ब्याड मिन्टन खेल्नका लागि त्यहाँ पुगेका थिए ।

उनले गुरुङलाई बाहिर निस्कि कभर्ड हल खाली गर’ भन्दै धम्की दिएपछि गुरुङले आफुरुको प्रशिक्षणको समय ७ बजेसम्म रहेको भन्दै हल खाली गर्न अस्विकार गरेका थिए ।

एसपी रेग्मीले ‘तँ बढी बोल्छस्’ भन्दै प्रशिक्षक गुरुङमाथि ब्याडमिन्टन र्याकेटले प्रहार गर्दै छातीमा मुक्का प्रहार गरेको पीडितले बताएका छन् ।

शान्ति सुरक्षाको जिम्मा कायम गर्नुपर्ने प्रहरी प्रमुखबाटै गुण्डागर्दी शैलीमा अभद्र व्यावहार भएको भन्दै एसपी रेग्मीलाई कारबाही गर्न जिल्ला खेलकुद समिति धादिङले माग गरेको छ । दियोपोस्टमा समाचार छ ।

प्रकासित मिति

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports