2020-07-13
रामेछाप, २०७७ असार २९ गते रामेछाप नगरपालिका-६ डाङसिंटार बस्ने ४० वर्षीय ईन्द्र बहादुर थापा मगरलाई भरुवा बन्दुक सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । थापा मगरले मकै बारीमा बाँदर धपाउनको लागि भरुवा बन्दुक चलाउने क्रममा उक्त भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने १९ वर्षीय आकाश आले मगर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते आकाशको धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD