Incident Reports

पाँच महिनादेखि बेपत्ता शिवरामको साथीबाटै हत्या

2020-06-30

Lumbini, Bardiya, Bardiya National Park

पाँच महिनाअघि सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका बराहताल गाउँपालिका–१ का शिवराम रानालाई उनकै साथीहरुले हत्या गरेको खुलेको छ । छिमेकी यामबहादुर सम्सेलीमगर (३०) र सूर्यबहादुर वली (३१)सँगै निकुञ्जमा सिकार खेल्न गएका ३० वर्षीय शिवराम फागुन १० गतेदेखि बेपत्ता थिए ।

निकुञ्जमा सिकार खेल्न गएका तीन मध्ये मनरुपा रानाले श्रीमान बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । कोरोना संक्रमणका कारण भइरहेको लकडाउन (बन्दाबन्दी)कै बीचमा शिवरामसँगै सिकार खेल्न गएका मध्येका यामबहादुर र सूर्यबहादुर घर फर्किएपछि शिवरामको हत्या भएको खुलेको हो । प्रहरी अनुसन्धानबाट सिकार खेल्ने क्रममा विवाद हुँदा यामबहादुर र सूर्यबहादुरले शिवरामको हत्या गरेर त्यहीँबाट उनीहरु भारत गएको खुलेको छ । भारतबाट घर फर्केका यामबहादुर र सूर्यबहादुरले मृतकका परिवारलाई सिकार खेल्नेक्रममा शिवरामलाई बाघले खाएको भन्दै पैसाको प्रलोभन देखाएका थिए ।

‘सिकार खेल्नेक्रममा बाघले आक्रमण गरेर तपाईको श्रीमानलाई मारेको हो,’ मृतककी श्रीमती मनरुपाले प्रहरीमा दिएको सुरुवाती जाहेरीमा भनिएको छ, ‘हामी पैसा दिन्छौं, घटना कोही कसैलाई नभन्नु ।’

मृतककी श्रीमती मनरुपाले असार १६ गते आफ्नो श्रीमानलाई यामबहादुर र सूर्यबहादुरले बेपत्ता बनाएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । सोही दिन मृतक परिवारकै सहयोगमा प्रहरीले दुबै जनालाई पक्राउ गरेको थियो । ‘व्यक्ति बेपत्ता सम्वन्धी कसुर सम्वन्धी मुद्दा अनुसन्धानकै क्रममा रहेका बेला अनुसन्धान अधिकारी समक्ष अभियुक्तद्वयले बर्दिया राष्ट्रिय निकुञ्जको पाँडेखोलामा बाघले आक्रमण गरेको बयान दिए,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले भने, ‘घटनास्थल पुगेर खानतलासी गर्दा बेपत्ता भनिएका शिजरामको हत्या भएको खुल्यो ।’ 

बर्दिया राष्ट्रिय निकुञ्जको समन्वयमा प्रहरी निरीक्षक गोपाल रायमाझीको कमाण्डमा असार ३१ गते घटनास्थल पुगेको प्रहरी टोलीले घटनास्थलबाट एक थान भरुवा बन्दुक, मानव कंकाल, कपडा, झोला, गनपाउडर, खुकुरी, खाने थाललगायतका सामाग्रीहरु बरामद गरेको थियो । 

‘घटनास्थलबाट संकलन गरिएका मानव कंकाल र कपडाको आधारमा बुवा हरिराम राना र श्रीमती मनरुपाले मृतक शिवरामनै भएको पुष्टि गर्नुभयो,’ एसपी भट्टले भने, ‘व्यक्ति बेपत्ता सम्वन्धी कसुरको ठाउँमा कर्तव्य ज्यान मुद्धामा जाहेरी लिएर अनुसन्धान प्रक्रिया अघि बढाएका छौं ।’ प्रहरीले शिवराज र सूर्यबहादुरविरुद्ध हातहतियार सम्वन्धी मुद्धा र बर्दिया राष्ट्रिय निकुञ्जमा चोरी–शिकारी कसुरमा पनि मुद्धा चलाइने बताएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports