Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-07-18

Lumbini, Banke, Baijanath, Ward 3

बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले  बैजनाथ गाउँपालिका–३ का २१ वर्षीय दत्तराज लम्तेललाई साउन ४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  साउन ३ गते ललाई फकाई सम्झना सामुदायिक वनमा लगेर यौन दुर्व्यवहार  गरेको भन्दै असार ४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको पीडितकी आमाले  इन्सेक प्रतिनिधिसँग  भेटमा बताउनु भयो ।

घटनाको थप अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय, कोहलपुरका सई रणधिर जैसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित र आरोपित दुबैको स्वास्थ्य परीक्षण साउन ४ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments