Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-07-14

Bagmati, Lalitpur, Godawari, Ward 13

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुर जिल्ला, हेटौँडा उपमहानगरपालिका–११ घर भई ललितपुर जिल्ला, गोदावरी नगरपालिका–१३, झरुवारासी डेरा गरी बस्ने १९ वर्षीय प्रकाश कार्कीलाई ०७७ साउन ४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले असार ३० गते पीडित बालिकालाई गोदावरी नगरपालिका–१३ स्थित झरुवारासीको मकैबारीमा लगेर चक्लेट दिई डरत्रास देखाई बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।

आरोपित बिरुद्ध साउन ३ गते महानगरीय प्रहरी बृत्त, चापागाउँ, ललितपुरमा पीडितका आफन्तले उजुरी दिएको र सोही उजुरीका आधारमा उनकै डेरा कोठाबाट गिरफ्तार गरी ललितपुर जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रमुख एवम् डिएसपी मित्रबन्धु शर्माले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ४ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिनु भयो ।

दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments