Incident Reports

बालिका बलात्कार घटनाका आरापित गिरफ्तार

2020-07-18

Bagmati, Sindhuli, Kamalamai, Ward 4

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय पुरुषलाई साउन ५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिकाको पेट दुखेपछि साउन ३ गते खुर्कोटमा रहेको सुनकोशी मेडिकलमा स्वास्थ्य परीक्षण गर्दा गर्भवती रहेको थाहा भएपछि बालिकाले आफू बलात्कृत भएको आफन्तलाई बताएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलका अनुसार २०७६ माघ महिनामा नातामा दाजु पर्ने आरोपितले  बलात्कार गरेको भन्दै बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

आरोपितलाई कमलामाई नगरपालिकाङ४ ढुङ्ग्रेबाँसको एक होटलबाट प्रहरीले गिरफ्तार गरेको एसपी सिग्देलले बताउनु भयो ।

पीडित बालिकाको साउन ५ गते जिल्ला अस्पताल सिन्धुलीमा थप स्वास्थ्य परीक्षण गरिएको छ । आरोपित होटल व्यवसायीसमेत रहेको प्रहरीले जनाएको छ ।

बिमला पाण्डे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments