Incident Reports

भाउजु हत्या घटनाका आरोपित गिरफ्तार

2020-07-20

Madhes, Mahottari, Bardibas, Ward 14

बर्दिबास नपा–१४ बस्ने ५५ वर्षीया लुखिया देवी महतोलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने मृतकका ४९ वर्षीय देवर शेखनारायण महतोलाई साउन ६ गते इलाका प्रहरी कार्यालय बर्दिबासले गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार राति घरायसी विवादको क्रममा देवरको कुटपिटबाट घाइते भएकी लुखिया देवीको धनुषा अस्पताल जनकपुरधाममा उपचारको क्रममा साउन ६ गते बिहान मृत्यु भएको हो ।

कुटपिटबाट घाइते लुखिया देवीको साउन ५ गते बर्दिबासस्थित शुभ स्वास्तिक अस्पताल लगिएकोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनुषा अस्पताल जनकपुरधाम लगिएको थियो ।

साउन ५ गते राति घरायसी विवादका क्रममा देवरले भाउजुलाई कुटपिट गरी घाइते बनाएको घटनाको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमको लागि साउन ६ गते प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

अजयकुमार साह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments