Incident Reports

मनोमानी भाडा असुलेको भन्दै नेबि संघको विरोध

2020-07-22

राम धामी,डडेल्धुरा । यातायात व्यवसायीले मनोमानी भाडा असुलेको भन्दै नेपाल बिद्यार्थी संघ डडेल्धुराले विरोध प्रदर्शन गरेको छ । सरकारको नियम पालन नगरी सार्वजनिक यातायात सञ्चालकले यात्रुहरुबाट दोब्बर बढी भाडा असुल्ने गरेको भन्दै नेवि संघ डडेल्धुराले बुधबार डडेल्धुरा सदरमुकाममा बिरोध प्रदर्शन गरेको हो । यातायात व्यवसायीका अगाडी स्थानीय सरकार एवं प्रहरी प्रशासन निरिह भएको भन्दै नेवि संघ डडेल्धुराले गैर कानुनी रुपमा मनोमानी भाडा असुली कार्य बन्द गर्न माग गरेको छ । लकडाउन खुले पनि सरकारले तय गरेका मापदण्ड यातायात व्यवसायीले पालना नगरेको भन्दै बिद्यार्थी नेताहरुले नियम पालना गर्न आग्रह गरेका छन । लकडाउन जारी रहदा पनि सार्वजनिक यातायातका सवारी साधनले समितीको निर्णय पालना नगरी खचखच यात्रु बोक्नुका साथै दोब्बर बढी भाडा असुल्ने गरेका थिए । सोमबार र मंगलबार गरी ट्राफिक प्रहरी र प्रहरीले यात्रु बोक्ने ११ जिपलाई कारवाही गर्दै सामान्य जरिवाना लिएर सम्झाई बुझाई छोडेको थियो ।

बुधबारदेखि लकडाउन खुलेपनि डडेल्धुरा सदरमुकामदेखि स्थानीय तहका विभिन्न स्थानमा सञ्चालन हुने सवारीका साधनले मनोमानी ढंगले यात्रु बोक्ने र बढी भाडा असुल्न थालेकाले सरकारको ध्यानाकर्षण सहित यातायात व्यवसायीले मापदण्ड अनुसार सवारीका साधन सञ्चालन गर्न नेवि संघले बिरोध प्रदर्शन गरेको विद्यार्थी नेता जगत ऐरले बताए ।

लकडाउनका कारण कयैन समस्याकाबिच गुजरा गरिरहेका स्थानीय बाट चर्काे भाडा असुल नगर्न बिद्यार्थीहरुले सरकार र यातायात व्यवसायी संग माग गरेका छन । नेपाल स्वयंसेवक संघको समेत बिरोध प्रदर्शनमा एक्यबद्धता रहेको छ ।डडेल्धुरा सदरमुकामस्थित बसपार्कबाट शुरु भएको बिरोध जुलुस नगरपरिक्रमागर्दै भिमदत्त चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति जगत ऐर, विद्यार्थी नेता महेश महरा, करन ठकुराठी लगायतले सम्बोधनगर्दै तत्काल वास्तविक भाडा नलिई मनोमानी बढदै गएमा कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
National/Online Media

0 Comments