Incident Reports

बालिका जवरजस्ती करणी गर्ने एक पक्राउ, तीन फरार

2019-09-22

१६ वर्षे बालिकालाई जवरजस्ती करणी गर्ने सुनसरी वराहक्षेत्रका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन जना फरार भएका छन् । बालिकालाई जवरजस्ती करणी गर्ने बराहक्षेत्र वडा नं. ८ का २५ वर्षे साङ्गे शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जवरजस्ती करणीमा मुद्दा दर्ता गरि सकिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डप राजवंशीले बताए । उनका अनुसार बालिकालाई जवरजस्ती करणी गर्ने अन्य तीन जना फरार भएकाले गर्दा खोजतलास भइरहेको छ ।

जवरजस्ती करणीका कारण बालिकाको छोरी समेत जन्मिएकी छन् । बालिकाको छोरी जन्मिएको डेढ महिना पुग्यो । कक्षा ८ को पढाई छाडेर घरमै बस्दै आएकी बालिकालाई दस महिनाअघि स्थानीय गाउँकै चार जनाले मेलाबाट फर्कने क्रममा जवरजस्ती करणी गरेका थिए । त्यो घटनाबाहेक अरु बेला पनि चार जनाले फरक फरक समयमा जवरजस्ती करणी गरेका थिए । एकपछि अर्को जवरजस्ती करणीजस्ता कुर्कत्यका घटना हुने क्रम बढी रहेका बेला करणी गर्ने समूहका चारै जनाले चैत १५ गते एक लाख २५ हजार रुपैयाँ पैसा दिएपछि बालिकाका आफन्तले घटना गुपचुपमा राखेका थिए । 

पीडक बढी प्रभावशाली भएको र प्रहरी–प्रशासन सवैलाई प्रभावमा पारेर अनुसन्धानलाई कमजोर बनाउने महसुस गर्नुका साथै इज्जतको सवाललाई लिएर पीडित बालिका पक्षले पैसा लिएर घटना गुपचुप नै राखेको बालिकाकी आमाले बताइन् ।   

बालिकाका आमाका अनुसार पैसा लिदा छोरीको पेटमा गर्भ देखिदैनथ्यो । ‘मोटी मान्छे पेटमा गर्भ बसेको थाहा नपाएपछि हामी गरिव मान्छे, हाम्रो पक्षमा बोलि दिने कोही भएनन्,’ बालिकाकी आमाले भनिन्, ‘छोरीलाई समस्या हुँदा केही भएपनि भरथेक हुन्छ भनेर पैसा लियौं ।’ पैसा दिने समूहमा स्थानीय गाउँका तीन जना र एक जना पल्लो गाउँका हुन् । सुत्केरी बालिकालाई पोसिलो आहारा खुवाउनु पर्ने भएतापनि यतिबेला परिवारलाई ठूलो चिन्ताले सताएको छ । सुत्केरी भएपछि बालिका पनि कमजोर भएकी छन् । उसबाट जन्मिएकी छोरीको पनि शरीरमा फोका आएको छ । 

बालिकाका बाबु मानसिक रुपमा विक्षिप्त भएका छन् । ‘म त ज्याला मजदुरी गरेर परिवार पाल्ने मान्छे, बिहानै उठेर हिडेपछि बेलुका साँझमा आइपुग्छु, शरीर कामले थाकेको हुन्छ, सुतिहाल्छु,’ बालिकाका बाबुले भने, ‘आमालाई यस्तो कुरा बढी थाहा हुनुपर्ने थियो ।’ अहिले छोरी सुत्केरी भएर घरमा बस्दा गाउँले पनि अचम्भित भएका छन् । ‘गाउँलेले अहिले हामीले दिने जवाफ छैन,’ बालिकाका बाबु भन्छन् ।   

पीडित बालिका पक्षलाई जवरजस्ती गर्ने चारै जनाको फेहरिस्त छ । डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस नभएको अवस्थामा कोही महिलामाथि जवरजस्ती गरिन्छ भने त्यसलाई नै जवरजस्ती करणी मानिन्छ । आफन्त, शिक्षित, देशका रक्षक एवं गाउँघरका भलादमीबाटै जवरजस्ती करणीका घटना हुने गरेका छन् ।   

जवरजस्ती करणीका घटना सुनसरीमा वर्षेनी उकालो लाग्दो छ । समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृति र अपराधको राजनीतिकरणले गर्दा बालिका तथा महिलामाथि घिनलाग्दो रुप जवरजस्ती करणीका घटनामा उकालो लागेको प्रहरीले जनाएको छ । सुनसरीमा २०६७ साउनदेखि २०७७ असार मसान्तसम्म सयवटा जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । जवरजस्ती करणी उद्योगमा १७ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments