Incident Reports

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सेनाको कुटपिटबाट एक युवकको मृत्यु

2020-07-16

Bagmati, Chitawan, Chitwan National Park

चितवन : चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो ।

राजकुमारसहित ७ जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरामी भएका राजकुमारको बुधबार मृत्यु भएको हो । 

सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन ।

Update

--

हत्या आरोपमा एक सैनिक पक्राउ


 चितवनमा कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जवानलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा नेपाली सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार राप्ती नगरपालिका – २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि गत ८ साउनमा मृत्यु भएको थियो ।

केही दिनअघि पक्राउ परेका ती सैनिकलाई अदालतबाट म्याद थप गरी बयान लिने र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक राजकुमारका बुबा विष्णुलाल चेपाङले २५ भदौमा किटानी जाहेरी दिएका थिए । आरोपीको मौखिक बयानमा घटनाको इन्कारी बयान दिएकाले पोलिग्राफ परीक्षणसमेत गर्ने तयारी प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सेनाद्वारा कुटपिटपश्चात उनको मृत्यु भएको आरोप लगाइएको छ ।

राजकुमारसहित सात जनालाई १ साउनमा निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिलाबाहेक पाँच जना पुरूषलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलालाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको पीडितहरुले आरोप लगाएका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Army
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments